Logo
Logo

रामवृक्ष यादवको सम्मानका लागि संसदीय व्यवस्था फाल्नुपर्छ : पूर्वमन्त्री साह


2.8k
Shares

काठमाडौ । पूर्वमन्त्री प्रभु साहले शहिद रामवृक्ष यादवको सम्मानका लागि उनले सुरुवात गरेको संसदीय फाँसीवाद विरुद्धको लडाईलाई निष्कर्षमा पुर्याउन आह्वान गरेका छन् ।

संसदीय फाँसीवादको विरुद्धमा संघर्ष सुरु गरेकै कारण फाँसीवादका रक्षक नेपाली कांग्रेसको षडयन्त्रको तहत रामवृक्ष यादवको हत्या भएको स्मरण गराउदै पूर्वमन्त्री साहले आफुहरुले यादवको लडाईलाई जीवित राखेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यादवको नाममा राजनीतिक व्यापार मात्र गरेको पूर्वमन्त्री साहको आरोप छ । शहिद यादवकै नाममा यहाँसम्म पुगरे प्रचण्ड यादवकै हत्यारा कांग्रेस र संसदीय फँसीवादको मतियार बनेको उनको भनाई छ ।

शहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवसको अवसरमा बुधबार सामाजिक सञ्जालमार्फ यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वमन्त्री साहले देशबाट संसदीय व्यवस्था फाल्ने लडाई उत्कर्षमा रहेकोले यसलाई अन्तिम निष्कर्ष नदिएसम्म यादवको सम्मान हुन नसक्ने जीकिर गरे ।

‘संसदीय फाँसीवाद विरुद्धको संघर्षका क्रममा कांग्रेसी षड्यन्त्रको तहत क. रामवृक्ष यादवको हत्या गरिएको भएतापनि उहाँको सपना आज पनि तपाई हाम्रो माझ जीवितै छ । देशबाट संसदीय व्यवस्था फाल्ने लडाई उत्कर्षमा रहेको बेला आज यसलाई अन्तिम निष्कर्ष नदिएसम्म क. यादवको वास्तविक अर्थमा सम्मान हुन सक्दैन’ पूर्वमन्त्री साहले लेखेका छन्, ‘उहाँको नाममा केवल राजनीतिक व्यापार मात्र गर्नेहरु त्यही संसदीय फाँसीवाद र कांग्रेसी षडयन्त्रको मतियार बनेको बेला उहाँको लडाईलाई निरन्तर अगाडि बढाइरहेका तपाई हामी सम्पूर्ण क्रान्तिकारीहरुलाई निरन्तर मजबूत आत्मबल एवं प्रेरणा मिलिरहने दृढआत्मविश्वास सहित कर्तव्यपथमा निरन्तर अगाडि बढन सबैमा एकमुष्ट हार्दिक अपिल समेत गर्दछु ।’


‘नेपालको वामपन्थी आन्दोलनमा महत्वपूर्ण योग्दान गर्नुहुने एक शशक्त, जुझारू, कर्तव्यनिष्ठ एवं अथक योद्धा आदरणीय व्यक्तित्व तथा त्याग, बलिदान एवं उत्सर्गका प्रतिमुर्ती कमरेड रामवृक्ष यादवको २७ औं स्मृति दिवसको विशेष अवसरमा उहाँको योग्दानहरुको स्मरण गर्दै उहाँप्रति उच्च श्रद्धा एवं सम्मान भावसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु’ पूर्वमन्त्रीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्