Logo
Logo

नेकपा एमाले समाजवादी पार्टीमा ३१ सांसद


26.8k
Shares

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेपाल नेकपा एमाले समाजवादी पार्टीमा ३१ जना सांसद रहेका छन् । नेता नेपालको अध्यक्षतामा गठन भएको उक्त पार्टीमा झलनाथ खनाल वरिष्ठ नेताका रुपमा रहेका छन् ।

बुधबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताए । त्यस्तै उनले साविक एमालेका ५८ जना केन्द्रीय सदस्यसहित ९५ जनाको नयाँ पार्टीको केन्द्रीय समिति रहेको जानकारी दिए ।

दल दर्ताको निवेदन दिएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता पाण्डेले नेकपा एमालेमा रहेका नेताहरुलाई पनि चाँडो नयाँ पार्टीमा आउन आग्रह गरे । उनले अरु कम्युनिस्ट पार्टीसँग पछि पार्टी एकता हुन सक्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्