Logo
Logo

एमाले एक हुनुपर्ने अष्टलक्ष्मी शाक्यकाे प्रतिक्रिया


0
Shares

काठमाडौं । बागमती प्रदेशसभा संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले एमाले एक भएर अघि बढ्नुपर्ने प्रतिक्रिया दिएकी छन् ।बागमती प्रदेशको संसदीय दलको नेता चयन भएपछि दृष्टि न्यूजसँग कुरा गर्दै उनले पार्टीलाई एक बनाउनुपर्ने धारणा राखेकी हुन् ।

उनले पदभन्दा पार्टी एकता ठुलो कुरा भएको बताइन् । उनले आफू माधव नेपाल र केपी ओली कसैको पनि विरोध नभई कम्युनिष्टको एकताको पक्षमा सधैँ उभिएको दावी गरिन् । उनले पार्टीलाई फुटाएर होइन फेरि जुटाएर अघि बढ्ने लक्ष्यका साथ अघि बढ्ने समय आएको समेत तर्क गरिन् ।

बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले शाक्यलाई दलको नेता चयन गरेको हो । यसअघि माधव नेपाल समूहमा खुलेकी शाक्य एकाएक ओली समूहमा आउनुलाई धेरैले आश्चर्य मानेका छन् । शाक्यलाई दलको नेता हालका मुख्यमन्त्री डोरमणि पौडेलले मार्ग प्रशस्त गरेर अघि बढाएका हुन् ।

योसँगै अब शाक्य वागमती प्रदेशको मुख्यमन्त्री बन्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्