Logo
Logo

माधव नेपालको पार्टीमा नरहेकाे प्रदीप नेपालद्वारा जानकारी


9.6k
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप नेपालले पार्टी विभाजनपछि आफू कसैको पक्षमा नरहेको दावी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता नेपालले माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्यमा राखिएको नाममा आपत्ति जनाउँदै कसैको पक्षमा नरहेको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘नेकपा एमालेभित्रको झगडामा म कतै छैन। म मार्क्सवादी हुँ । त्यसैले म आफ्नो ब्यक्तिगत स्वतंत्रता कसैको अधिन राख्न सक्दिन ।’

नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नेपाल नेकपा र हालको एमालेको विवादमा दुवै पक्षमा खुलेका थिएनन् ।

नेपालकाे फेसबुक स्टयाटस् :

प्रतिक्रिया दिनुहोस्