Logo
Logo

मौसम पुर्वानुमाः आज यी स्थानमा भारी वर्षाको सम्भावना


378
Shares

काठमाडौं । आज नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभाव परेका देशका विभिन्न स्थानमा वर्षा हुन सक्ने महाशाखा​ले जनाएको छ ।

महाशाखाका अनुसार आज न्युन चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेको छ ।

आज बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको र अन्य प्रदेशहरूमा आंशिकदेखि र सामान्य बदली रहेको छ । साथै, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

यस्तै आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्