Logo
Logo

रसुवामा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु


378
Shares

काठमाडौं । रसुवामा परिहोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोल डाँडा भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

नौकुण्ड गाउँपालिका-५ कोलडाँडाका श्यामबहादुर गलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो । अर्का एक बच्चाको खोजीकार्य जारी छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेका अनुसार श्यामबहादुरकी श्रीमती र दुई जना बच्चाको डेथ बडी फेला परिसकेको छ भने अर्को एक जनाको खोजी भइरहेको छ ।

श्यामबहादुर घाइते छन् । उनलाई उद्धार गरी उपचार गर्न सुरुमा नुवाकोटको त्रिशूली अस्पताल पठाइएको र पछि त्यहाँबाट काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीको भनाई छ ।

घटना आज बिहान करिब साढे ३ बजेतिरको हो । ‘ठूलो आवाज आएपछि छिमेकी हेर्न जाँदा पहिरोले घर पुरिएको देखिएको, त्यहीँ नजिकै श्यामबहादुर फेला परेका थिए,’ स्थानीयको भनाइ उद्धृत गर्दै डिएसपी पाण्डेले भने । श्यामबहादुरलाई उपचार गर्न पठाएपछि स्थानीयको सहयोगमा सेना र प्रहरीको टोली अन्यको उद्धारमा खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्