Logo
Logo

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता


2.3k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवा र अध्यक्षद्वय प्रचण्ड र नेपालबीच बिहीबार बिहान भेटवार्ता भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रचण्ड रमाधवकुमार नेपाल बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाका अनुसार भेटवार्ता जारी रहेको छ । सरकारले अध्यादेश ल्याएपछि नेपालले बुधबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

स्रोतका अनुसार समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्