Logo
Logo

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च रिट


441
Shares

काठमाडौं । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा पाँच वटा रिट परेको छ । अधिवक्ता प्रवेश केसी लगायतले अध्यादेशविरुद्ध रिट निवेदन पेस गरेका हुन् ।

सरकारले मंगलबार राजनीतिक दल विभाजनको प्रावधानलाई खुकुलो तुल्याउने गरी अध्यादेश ल्याएको थियो । सरकारले ल्याएको सो अध्यादेशको चौतर्फी विरोध भइरहँदा सोही अध्यादेशअनुसार नेकपा एमाले र जसपा नेपाल विभाजन प्रक्रिया सुरु भइसकेको छ ।

उक्त अध्यादेशको प्रावधानअनुसार एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा र जसपाबाट महन्थ ठाकुरको नेतृत्वमा अलग दल दर्ताको प्रक्रिया आरम्भ भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्