Logo
Logo

माधव पक्षका १४ सांसदलाई कारबाही गर्न सभामुखलाई ध्यानाकर्षण


1.1k
Shares

काठमाडौं । नेता माधव नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारबाही गर्न नेकपा एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ । माधव पक्षले बुधबार नै नेकपा एमाले (समाजवादी)पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।

बिहीबार सभामुख अग्नि सापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले कारबाहीका लागि ध्यानाकर्षण गराएको हो ।

एमाले स्थायी कमिटी बैठकले १ भदौमा माधव नेपालसहित १४ जना सांसदहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । पार्टीले कारबाही गरेको जानकारी एमालेले संसद सचिवालयमा गराइसकेको छ ।

एमालेले कारबाही गरेका सांसदसहित नेताहरुले बुधबार नै माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्