Logo
Logo

पार्टी विभाजन सूर्यमा ग्रहण लागे जस्तो मात्रै हो : ओली


504
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी)मा लागेका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् ।

एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले समाजवादीको लिस्टमा नाम रहेका नेतालाई त्यहाँबाट आफ्नो नाम हटाएर एमालेमै फर्कन भन्दै आह्वान गरेका हुन् । ‘त्यो लिस्टबाट नाम हटाउनुस् । तपाईं हामीले बनाएको पार्टी हो यो, कसैको व्यक्तिगत स्वार्थ र कुण्ठामा पार्टीलाई बर्बाद पार्नुहुन्न । अप्ठ्यारो नमानी घोषणा गरिदिनुस् । पार्टीमा आउनुस्, काम गरौं । देशको भविष्य बनाउने अभियानमा लागौं’ ओलीले भने ।

भ्रममा परेकाहरूलाई सम्झाउन पार्टी पंक्तिलाई आह्वान गर्दै उनले भने, ‘साथीहरूलाई भ्रममा नपर्न आग्रह गर्दछु । यदि कहीँ कतै भ्रममा परेको, अलमलमा परेको साथी भेटिन्छ भने सम्झाउनुस् ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले समाजवादीका अध्यक्ष नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएपछि नेपालविरुद्ध ओली आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

पार्टी विभाजनले एमालेमा एकछिन ग्रहण लागे जस्तो मात्र भएको मात्र ओलीको भनाइ रहेको थियो । पार्टी विभाजन ‘सूर्यमा बादल लागे जस्तो, ग्रहण लागे जस्तो मात्र’ भएको भन्दै ओलीले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्