Logo
Logo

माधव नेतृत्वको ‘एमाले समाजवादी’मा रहने वामदेवको घोषणा


1.9k
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने बताएका छन् ।

गौतमले नेतृत्व गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’को आज सम्पन्न भर्चुअल बैठकमा गौतमले एमाले विभाजन भइसकेको अवस्थालाई मध्यनजर गर्दै आफू माधव नेपालले नेतृत्व एमाले समाजवादीमै रहने बताएका हुन् । बैठकमा सहभागी वामदेवको सचिवालयका सदस्य शैलेन्द्र राउतले नेता गौतमले आफू माधवसँगै रहेको घोषणा गरेको जानकारी दिए ।

नेता गौतमले भर्चुअल बैठक नेपाल पक्षमा लगेर वामपन्थीहरु बीचको एकताको नेतृत्व गर्ने बताएका छन् । अबको डेढ वर्षमा एमाले बाहेकको वामपन्थीहरुलाई एक ठाउँमा ल्याउन सकिने गौतमले दावी गरे । आफु केपी ओलीतर्फ गएको तर उनले कुनै जिम्मेवारी नै नदिएको भन्दै गौतमले ओलीको आलोचनासमेत गरेका थिए । ‘माधव नेपाल नेतृत्वको पार्टीको बैठकमा एकताको जिम्मेवारी मलाई दिनुहोस् भनेर प्रस्ताव राख्छु । उहाँले दिनुहुन्छ, भन्नेमा विश्वस्त छु’, गौतमले भने ।

बैठकमा सहभागीहरूमध्ये केहीले माधव नेपालकै पार्टीमा सामेल हुनुपर्ने प्रस्ताव राखेका थिए भने केहीले एकता अभियानमै रहनुपर्ने अडान लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्