काठमाडाैं । मन्त्रिपरिषदको बैठकले वागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । विष्णु प्रसाईलाई हटाएर उनको ठाउँमा शर्मालाई नियुक्त गर्न सरकारले सिफारिस गरेकाे हाे ।
शर्मा माधव नेपालका खास पात्र हुन् । उनी प्रधानमन्त्री हुँदा शर्मा प्रमुख स्वकीय सचिव थिए भने नेपाल नेतृत्वको एमाले विभागका सचिव पनि भएका थिए ।
शर्मालाई नेपालले राजदूत बनाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा अोलीलाई आग्रह गरेका थिए । तर ओलीले शर्माको साटो माधव नेपाल निकटकै एमाले नेता बंशीधर मिश्रलाई बंगलादेशको राजदूत बनाएका थिए ।