Logo
Logo

प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त गर्न सिफारिस


1.8k
Shares

काठमाडाैं । सरकारले प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापति नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले शर्मालाई सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । शर्मा अहिले कायममुकायम प्रधानसेनापति छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २५ गते अवकाश पाएपछि शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् । अवकाशको एक महिनाअघि बिदा बस्ने प्रचलनअनुसार थापा साउन २५ देखि बिदा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्