Logo
Logo

नेत्रविक्रम चन्द नेतृत्वसँग वार्ता प्रक्रिया भइरहेको छ : गृहमन्त्री


- दृष्टि न्युज/संवाददाता

0
Shares

हेटौँडा, ४ वैशाख । गृहमन्त्री रामबहादुर थापाले संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाएको दावी गरेका छन् ।
गृहमन्त्रायद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको बुधबार उद्घाटन कार्यक्रममा पत्रकारहरुसँग उनले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ सरकार प्रतिबद्ध रहेको बताए ।
देशमा चोरी तस्करी, गुण्डागर्दी, हिंसा र अपराध, भ्रष्टचार, अनियमितता लगायतका गैरकानूनी काम नियन्त्रण गर्न सरकारले विशेष अभियान शुरु गरेको बताउँदै गृहमन्त्री थापाले त्यस कार्यमा सरकार सफल पनि हँुदै गएको र शान्ति सुरक्षामा सुधार आएको बताए ।
हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द नेतृत्वको समुहसँग वार्ता प्रक्रिया भइरहेको बताउँदै हिंसाको बाटो हिँड्ने कसैलाई नछोड्ने उल्लेख गरे । पत्रकारको जिज्ञासामा नयाँ प्रहरी ऐन नआएको अवस्थामा पुरानो ऐनको आधारमा संघ, प्रदेश र स्थानीय तहले शान्ति सुरक्षाको कार्य गरिरहेको बताए ।
गोष्ठीमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र नेपाली सेनाका उच्च पदस्थ पधाधिकारी लगायतका जिल्ला सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ ।
दुईदिने गोष्ठीमा शान्ति सुरक्षाका लागि जिल्ला र प्रदेशबाट समाधान गर्न सकिने समस्या र चुनौतीका लागि एकीकृत अवधारणा बनाउने उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्