Logo
Logo

एमाले विभाजनसँगै प्रदेश २ मा माधव पक्ष मजबुत

एमालेका २१ सांसदमध्ये १३ जना माधव पक्षमा


756
Shares

जनकपुरधाम । नेकपा एमाले विभाजनमा गएसँगै प्रदेश २ मा नेता माधव नेपाल पक्ष बलियो देखिएको छ । माधव पक्षको दावी पनि यस्तै छ । एमालेका २१ सांसदमध्ये १३ जना एमाले समाजवादीमा रहेको माधव पक्षको दावी छ ।

नेपाल पक्षकी सांसद बेचु लुंगेली भन्छिन्, ‘अहिलेसम्म हाम्रो १३ जना कायम छन्, अझ थपिने सम्भावना छ ।’ २०७४ सालमा तत्कालीन एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्दा प्रदेश २ मा ३२ सांसद थिए । तर, एमाले र माओवादी पुर्ववत अवस्थामा फर्किएपछि एमालेमा रहेका २१ सांसदमध्ये पार्टी विभाजनमा गएपछि १३ माधव पक्षमा खुलेका छन् ।

गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि प्रचण्ड–माधव समूहले मण्डललाई नेताबाट हटाएर शत्रुधन महतोलाई दलको नेता बनाएको थियो । एमाले र माओवादी पुरानो अवस्थामा फर्किंदासमेत नेपाल पक्षका सांसदहरुले महतोलाई नै संसदीय दलको नेतामा निरन्तरता दिए ।

नेपाल पक्षमा संसदीय दलका नेता महतोसहित सुन्दरबहादुर विश्वकर्मा, रबीन्द्र बैठा, गोबिन्द बहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोद कुमार यादव, हसिमा खातुन, बेचु लुंगेली, मदनसेन प्रसाद श्रीवास्तव, मन्जु कुमारी यादव, सीता गुरुङ र अशोक कुमार यादव छन् ।

पछिल्लो समय ८ जना सांसद एमाले ओली पक्षमा देखिएका छन् । सांसदहरु सत्यनारायण मण्डल, शारदा देवी थापा, लगनलाल चौधरी, त्रिलोकी प्रसाद, किशोरी साह, डा. मनोज कुमार सिंह, अनिता कुमारी यादव र जगतारैन देवी एमाले ओली पक्षका देखिएका हुन् । तर, यी सांसदहरुमा पनि केही माधव पक्ष आउने तयारी गरिरहेको माधव पक्षको दावी छ ।

प्रतिक्रिया दिनुहोस्