Logo
Logo

वामदेवले एमालेबाट राजीनामा दिँदै, माधव नेतृत्वको पार्टीमा जाने


17.5k
Shares

काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिने भएका छन् ।

पार्टी विभाजन हुँदासम्म एमालेका उपाध्यक्ष रहेका गौतमले माधवकुमार नेपाल नेतृत्वको पार्टीमा जाने निर्णय गर्दै एमालेको उपाध्यक्षबाट राजीनामा दिने भएका हुन् । बिहीबार सम्पन्न अभियानको भर्चुअल बैठकबाटै गौतमले नयाँ पार्टीबाट अभियानलाई निरन्तरता दिने भन्दै नयाँ पार्टीमा समाहित हुने निर्णय गरिसकेका छन् ।

एमाले र माओवादीको एकतापछि बनेको नेकपामा प्रतिगमन पक्षधर र प्रतिगमन विरोधीबीट टकराव सुरु भएपछि गौतमले कुनै पनि समूहमा नलाग्ने घोषणा गरेका थिए । त्यसपछि कहिलेकाहीँ एमाले अध्यक्ष ओली समूहको बैठकमा सहभागी हुँदै आएका गौतमले केही समय अगाडि नयाँ पार्टी गठन भए नयाँ पार्टीमै रहने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्