Logo
Logo

महन्थ ठाकुरको पार्टीको नाम फेरियो


3.4k
Shares

काठमाडौं । महन्थ ठाकुर महन्थपक्ष नयाँ पार्टीले नाम परिवर्तन गरेको छ ।

यसअघि उनीहरुले निवेदन दिएको जसपा (लोकतान्त्रिक) पार्टी दर्ता गर्न अस्वीकार गरेपछि नाम परिवर्तन गरेकाे हाे । ठाकुर समूहको नेता केशव झालेका अनुसार पार्टीको नाम लोकतान्त्रिक समाजवादी राखिएको छ ।

यसअघि जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएको थियो ।

अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि शुक्रबार दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको छ ।

जसपा विभाजन हुनुअघि जसपा अध्यक्ष उपेन्द्र यादवपक्षले राष्ट्रिय जनता पार्टी (राजपा) दर्ता गरी सकेकाले महन्थपक्षले जसपा (लोकतान्त्रिक दर्ता गरेका थिए । चुनाव चिह्न भने यसअघि राखिएको साइकल नै कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्