Logo
Logo

एमाले तेस्रो धारको माग– १० बुँदे कार्यान्वयन र दल दर्ता फिर्ता


4.7k
Shares

काठमाडाैं । माधव नेपालको साथ ‘छोडेका’ एमालेका १० नेताहरूले एकताको प्रयास जारी राख्ने निर्णय गरेका छन् ।

शुक्रबार महाराजञ्जस्थित एक पार्टी प्यालेसमा बसेको नेताहरूको भेलाले कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

ओलीले १० बुँदे प्रस्ताव कार्यान्वयन नगर्दा नै पार्टी फुटेको निष्कर्ष निकालेका उनीहरूले ओलीलाई उक्त प्रतिवेदन कार्यान्वयन गर्न दबाब दिने र माधव नेपाललाई दल दर्ता गर्नबाट रोक्ने निर्णय गरेको हो ।

सरकारले जारी गरेको अध्यादेशको विरोध गर्दै नेताहरूले नेपाललाई दल दर्ताको प्रक्रियाबाट फर्कन समेत भनेका छन् । अध्यादेशले अस्थिरता सृजना गरेकाले सरकारले अध्यादेश फिर्ता गर्नुपर्ने पनि माग उनीहरूको छ ।

बैठकमा केन्द्रीय सदस्य र सांसद गरेर ५७ जनाको उपस्थिति थियो । बैठकमा वागतमी प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पनि सहभागी थिइन् ।

प्रतिक्रिया दिनुहोस्