Logo
Logo

एमाले तेस्रो धारको भेलामा ५७ नेता सहभागी


6.7k
Shares

काठमाडौं । नेकपा एमाले तेश्रो धारको भेलामा केन्द्रीय कमिटीका सदस्य तथा सांसदहरु समेत गरी ५७ जनाको सहभागीता रहेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित सो भेलाले विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा पार्टी एकता अत्यन्त महत्वपूर्ण भएको निष्कर्ष निकालेको छ ।

एमालेमा विभाजनको सकट आइलागेको बताउँदै थप विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट पार्टीलाई जोगाउने चुनौती अगाडि आएको भेलापछि जारी संयुक्त वक्तव्यमा उल्लेख छ ।

‘अब नेकपा (एमाले) लाई विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट जोगाउने चुनौती हाम्रा सामु छ । यसमा पार्टीका सबै इमान्दार नेता, कार्यकर्ता र सदस्यहरुको सकारात्मक भूमिका अपरिहार्य छ’, एमाले तेश्रो धारका ९ जना नेताहरुले हस्ताक्षर गरिएको संयुक्त वक्तव्यमा भनिएको छ ।

उनीहरुले संयुक्त वक्तव्यमा नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर तुल्याउन देशी–विदेशी प्रतिक्रियावादीहरु लागिपरिरहेको स्थितिमा मतभेद र अन्तरविरोधहरुलाई पार्टीको आन्तरिक प्रक्रियाबाट समाधान गर्दै अघि बढ्नु बुद्धिमानी हुने उल्ल्ले गरेका छन् ।

‘त्यस्तै राजनीतिक, सैद्धान्तिक र वैचारिक विषयहरुमा नेकपा (एमाले) को विधिसम्मत पद्धति अनुरुप पार्टी भित्र छलफल र बहसबाट निष्कर्ष निकाल्ने दिशामा अगाडि बढ्नुपर्छ’, वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्