Logo
Logo

मावध नेपाललाई धोका दिएको छैन : अष्टलक्ष्मी शाक्य


5k
Shares

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पुर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई आफूले धोका नदिएको बताएकी छन् ।

एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले मुख्यमन्त्री बनेर आफू अध्यक्ष केपी शर्मा ओली समूहमा नलागको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नु भयो, यो गलत कुरा हो । गलत सन्देश दिने काम नगरी दिनुहोस् ।’

उनले आफूलाई अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ रहेको बताइन् । शाक्यले दुवै नेताको साथ पाएरै आफू मुख्यमन्त्री भएको बताइन् । उनने भनिन् ‘म मुख्यमन्त्री हुनुमा दुवै नेताहरुको साथ छ । सहमति छ ।’

उनले पार्टीलाई एकतावद्ध बनाएर लैजानुको विकल्प नरहेको पनि बताइन् । आफू पार्टी एकताको पक्षमा रहेको बताइन् ।

उनले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै एमाले एकजुट भएरअघि बढने विश्वास समेत व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्