Logo
Logo

सरकार ढलिहाल्ने अवस्था छैन : शेरधन राई


504
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शेरधन राईले बजारको हल्ला जस्तै आफू नेतृत्वको सरकार ढलिहाल्ने अवस्था नरहेको बताएका छन् ।

दृष्टिन्यूजसँग कुरा गर्दै मुख्यमन्त्री राईले भने– ‘पार्टी विभाजन भएपछि प्रदेश सरकारमा प्रभाव पर्नु स्वभाविक हरेता पनि पार्टी र सरकारलाई कुनै पनि क्षति, नोक्सानी नहोस भन्नेमा हाम्रो प्रयत्न जारी छ । त्यसैदले हल्ला चलेजस्तो सरकार नढल्ने अवस्था होइन ।’

मुख्यमन्त्री राईले एकाध सांसद नयाँ पार्टीमा गए पनि त्यसको असरले मात्रै सरकार नढल्ने दावी गरेका छन् । उनले भने–‘एमाले टुटफुट, विभाजन आदीइत्यादी सबै भोगेर यो ठाउँमा आइपुगेको हो । त्यसैले मलाई लाग्दैन कि कोही माननियज्यू टुटफुट, विभाजनमा लाग्नुहुन्छ । मलाई विश्वास छ । त्यसैले सरकार नै ढल्ने अवस्था होइन ।’

मुख्यमन्त्री राईले विधि र प्रकृयाअनुसार अन्य दलले सरकार गठनका लागि प्रयास गर्नु गलत नरहेको भन्दै बहुमत दावी गर्दै सरकार बनाउने प्रयत्न भए फेस गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्