Logo
Logo

क्रियाशील सदस्यता सार्वजनिक नगरी महाधिवेशनको तयारीमा कांग्रेस


2.6k
Shares

काठमाडौं । भाद्र १८ गतेदेखि तल्लो तहको अधिवेशन शुरू गर्न लागेको नेपाली कांग्रेसले क्रियाशील सदस्यहरूको विवरण सार्वजनिक नगरीकनै जिल्लामा पठाउने तयारी गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार प्रत्येक जिल्लामा दुईरतीन दिनभित्रै निर्वाचनसम्बन्धी सबै कागजपत्रका साथ क्रियाशील सदस्यहरूको विवरण पनि पुर्‍याउने तयारी भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार अधिवेशनका लागि सबै जिल्लामा निर्वाचन अधिकृतको छनोट पनि भइसकेकोे छ ।

यसअघि बसेको केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरी उक्त प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी रहेका कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकले भाद्र २ गतेभित्र सहमतिबाट टुंगो लगाई भाद्र ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको थियो ।

क्रियाशील सदस्यताबारे चर्को विवाद उत्पन्न भएपछि यसअघि भदौ १६–१९ सम्म तय गरिएको १४औं महाधिवेशन प्रभावित भएको थियो । क्रियाशील सदस्यताबारे नेताहरूबीच सहमति भइसकेकाले क्रियाशील सदस्यताको विवरण अब जति सक्दो छिटो जिल्ला पु¥याउने तयारी भएको जानकारी दिँदै मुख्यसचिव पौडेलले निर्वाचन निर्देशका पनि छपाइको लागि प्रेसमा गएको बताउनुभयो ।

निर्वाचन निर्देशिकाबारेको विवाद पनि निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा। मीनेन्द्र रिजालले भाद्र १ गते सहमतिमै टुंगो लगाउनुभएको थियो । उक्त निर्देशिका भाद्र २ गतेभित्र सभापतिलाई बुझाउने गरी केन्द्रीय बैठकबाट पारित भएको थियो ।, यो समाचार नेपाल समाचारपत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्