Logo
Logo

ओलीको टिप्पणी : माधवको पार्टी सोली जस्तो


6.5k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले नेता माधवकुमार नेपाल समूहको नयाँ पार्टीलाई ‘माथि फुकेको तल सुकेको’ टिप्पणी गरेका छन् । आइतबार कर्णालीका सञ्चारकर्मीसँगको भेटमा अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीले माधव नेपालको नयाँ बन्ने पार्टी सोली प्रकारको राजनीतिमा सिमित सिमित हुने भन्दै स्वार्थको राजनीति दिर्घकालिन नहुने बताए । माधव नेपालले पिरामिड शैलीमा राजनीति गरेको भन्दै उनले नेकपा एकीकृत (समाजवादी) पार्टी दर्ता प्रक्रियामा लागेका नेपालको मतदातास्तरमा संयन्त्र नभएको उल्लेख गरे ।

उनले भने, ‘पछिल्लो समय माधव नेपालको राजनीति पिरामिड शैलीमा गएको छ । गाउँस्तरका नेता तथा कार्यकर्ता कुनैले साथ दिएका छैनन् तर केन्द्रमा पुरै नेकपा एमाले पार्टी आफैले थेगेजसरी कुर्लेर हिँडिरहेका छन् । माथि केन्द्रमा फुकेको, गाउँस्तर (मतदाता र कार्यकर्ता) स्तरमा सुकेको सोली प्रकारको राजनीति दीर्घकालिन हिसाबले टिक्न सक्दैन् ।’

ओलीसँग प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य नावराज महतारा, प्रेस चौतारी कर्णाली प्रदेश सह–इन्चार्ज एवं केन्द्रीय सदस्य विष्णु शर्मा, कर्णाली प्रदेशका पूर्व संयोजक नरेश भण्डारी, कालीकोट जिल्ला अध्यक्ष पवित्रकुमार शाहीले भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्