Logo
Logo
काँग्रेसको १४औँ महाधिवेशन

पौडेल पक्षको बैठकमा साझा सम्मेदवारीबारे छलफल


693
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तोकिएसँगै नेताहरु उम्मेदवारी चयनलाई तीव्रता दिएका छन् । काँग्रेसमा स्पष्ट दुई धार यतिखेर आ–आफ्नो पक्षसँग छलफल जारी राखेका छ्न् ।

यसैक्रममा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको आज बिहान छलफलमा जुटेका छन् । सोमबार बिहान ९ बजे एक होटलमा सुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु शेखर कोइराला, अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी रहेको एक नेताले बताए ।

उनका अनुसार आगामी महाधिवेशनबारे छलफल गर्न बैठक बसेको हो । छलफलको क्रममा साझा उम्मेदवार बनाउने विषयमा समेत छलफल भएको छ । नेपाली कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी विवाद बढेपछि १४औँ महाधिवेशनको पछिल्लो कार्यतालिका संशोधन गरि मंसिर ९–१३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

महाधिवेशनका लागि भृकुटीमण्डप र राष्ट्रियसभा गृह बुक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्