काठमाडौं । नेकपा एमालेले भोलि (मंगलबार) स्थायी कमिटीको बैठक बोलाएको छ ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफलका लागि पुगेका ‘तेस्रो धार’का नेताहरुसँगको छलफलपछि बैठकको मिति तय गरिएको हो । बैठक मंगलबार १० बजे बोलाइएको छ ।
बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको पार्टीमा नगएका नेताहरु पनि सहभागी हुने बताइएको छ । नेता नेपालसँग नगएकाहरुलाई रोक्नका लागि सो बैठकले आह्वान गरेको एमाले सांसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
भोलि बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लाने विषयमा छलफल हुने बताइएको छ ।
‘तेस्रो धार’मा रहेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरु सोमबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।