काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठक भोली ११ बजे बस्ने भएको छ ।
ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा भोली ११ बजे स्थायी कमिटीको बैठक बोलाईएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल तथा एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएपछि २ जेठ २०७५ को अवस्थामा रहेको स्थायी कमिटीका सदस्यहरु सो बैठकमा सहभागि हुनेछन् ।
लामो समय माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा नगएका उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रल गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, स्थायी कमिटीका सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरुले अध्यक्ष ओली र महासचिव पोखरेबाट १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने प्रतिबद्धता पाएपछि बैठकमा सहभागि हुने बताएका छन् ।
आजै अध्यक्ष ओली, महासचिव पोखरेल सहित पार्टी एकता पक्षधर नेताहरुका बीचमा ओली निवास बालकोटमा छलफल भएको थियो ।