काठमाडाैं । सत्तारुढ दल नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले केही दिन भित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता महतले अबको केही दिन भित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् । अहिले कांग्रेसको सरकारले यसअघिको सरकारले बिगारेको राजनीतिलाई सही ट्रयाकमा ल्याएको समेत उनले दावी गरे ।
सबै पार्टीहरुलाई मिलाएर सरकार बनाउनु पर्ने भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलाई हुन गएको उनले बताए ।
सहमहामन्त्री महतले काँग्रेस नेतृत्वको सरकारले नेपाली जनतालाई कोरोना भाइरसबाट सुरक्षित गर्ने र कम्युनिष्ट शासनमा भएका संस्थागत भ्रष्टाचारबाट मुलुकलाई मुक्त गराउने लक्ष्य लिएको पनि बताए ।