Logo
Logo

रामचन्द्र पौडेल पक्षका सभापतिहरूले पार्टी कार्यालयमा धर्ना बस्दै


441
Shares

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले पार्टी कार्यालयमा धर्ना बस्ने भएका छन् । क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै उनीहरुले धर्ना बस्न लागेका हुन् ।

विधिसम्मत ढंगले क्रियाशील सदस्यता सूचीको त्रुटि सच्याएर सार्वजनिक गर्न दिएको अल्टिमेटम सकिएकोले आजै बिहान ११ बजेदेखि पार्टी कार्यालयमा धर्ना बस्न लागिएको हो ।

यसअघि जिल्ला सभापतिहरुले यही साउन ७ गतेभित्र क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्डअनुसार छानबिन गरी सदस्यता सूचीलाई अन्तिम रुप दिनु पर्ने र सबै जिल्ला सभापतिको निर्वाचन प्रक्रियामा एकरुपमा आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेका थिए ।

समय सीमाभित्र माग सम्बोधन नभएपछि आजदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सभापतिहरु धर्ना बस्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्