Logo
Logo

एमाले स्थायी कमिटी बैठकमा गएनन् वामदेव गौतम


6.5k
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन् । अहिले एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा जारी छ ।

निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन परेको भोलिपल्ट गौतमले आफू पक्षका नेताहरुको बैठकमा केपी ओलीलाई साथ दिन नसकिने बताएका थिए । तर, भदौ ६ गते उनको सचिवालयले गौतम एमालेमै रहेको भन्दै सूचना सार्वजनिक गरेको थियो ।

जारी बैठकमा ‘तेस्रो धार’का नेताहरू भने सहभागी छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएपछि उनीहरु बैठकमा सहभागी हुने भएका हुन् ।

लामो समय माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा नगएका उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रल गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, स्थायी कमिटीका सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरु बैठकमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्