काठमाडाैं । प्रस्तावित नयाँ पार्टी नेकपा समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले ‘जनताको बहुदलीय जनवाद (जबज)’को युग सिद्धिएको दावी गरेका छन् ।
मंगलबार चन्द्रागिरी हिल्समा बसेको प्रस्तावित केन्द्रीय सदस्य र सांसदको दुई दिने बैठकमा नेता खनालले दिल्लीमा उपचाररत अस्पतालबाट सम्बोधन गर्दै जबजको युग सिद्धिएको बताएका हुन् ।
उनले जबज अबको अवस्थामा पुँजीवादी सिद्धान्त भएको समेत तर्क गरे । उनले यो सिद्धान्तलाई अब कसैले पनि अनुशरण गर्न नसक्ने भन्दै सबै समाजवादतर्फ उन्मुख हुनुपर्ने समेत उनले धारणा राखे ।
उनले भने,‘अब जबजको युग सिद्धियो । जबज अबको अवस्थामा पुँजीवादी सिद्धान्त हो । त्यसलाई कसैले पनि अनुशरण गर्न सक्दैन । जो समाजवादतर्फ जान चाहान्छ । ’
खनालले नेकपा एकीकृत समाजवादीको बारेमा बुझाउन मुखपत्र छाप्ने र केपी ओलीको खण्डनमा सिंगो पंक्ति उत्रिनुपर्ने बताए । उनले सर्वोच्च अदालतको असार २८ को फैसलालाई पुस्तिकाको रूपमा छपाएर देशभर वितरण गर्न समेत आग्रह गरे ।