Logo
Logo

एमाले विभाजनको कारण प्रमुख निर्वाचन आयुक्त : रामुकमारी झाँक्री


430k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं सांसद रामकुमारी झाँक्रीले अहिलेको अवस्था आउनुमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको ठूलो भूमिका रहेको आरोप लगाएकी छन् ।

एकीकृत समाजवादीको पक्षमा खुलेर निर्वाचन आयोगमा नै पुगेका सांसदहरू झलनाथ खनाल, सोमप्रसाद पाण्डे, माया ज्ञवाली, शारदा भट्ट र केही केन्द्रीय सदस्यलाई सनाखत गर्न आयोगले अस्वीकार गरेपछि झाँक्रीले आरोप लगाएकी हुन् ।

‘पार्टी विभाजन गरेर यो ठाउँमा आइपुग्नका लागि प्रमुख आयुक्तको धेरै ठूलो भूमिका छ,’ झाँक्रीले भनिन् । तत्कालीन नेकपाभित्रको विवाद चर्किएको अवस्थामा २०७७ पुस महिनामा बहुमत पक्षलाई आयोगले आधिकारिकता दिन अस्वीकार गरेको थियो । ’गत पुसमा आयोगले निर्णय नगर्नाले आजको अवस्था आएको हो,’ उनले भनिन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाको उक्त भूमिका बिर्सने अवस्था आफूहरू रहेपनि अहिले आयोगले सम्झाएको झाँक्रीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्