काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
पार्टी विभाजन भएपछि पहिलोपटक आज (विहिबार) केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
बैठक शुक्रबार मध्यान्ह १२ बजे तुल्सीलाल प्रतिष्ठान भवनमा केन्द्रीय कमिटी बैठक बस्ने तय भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी दर्ता गरेका थिए । निर्वाचन आयोगबाट उक्त पार्टी बुधबार दर्ता भई प्रमाण पत्र पाइसकेको छ ।
समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका विभिन्न विषयहरूमा छलफल गर्न एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको बताइएको छ । एमालेले यसअघि स्थायी कमिटी बैठक गरेर १० बुँदे सहमति कार्यान्वनमा लैजाने निर्णय गरेको थियो ।
यो पनि