Logo
Logo

नेकपा एकीकृत समाजवादीले पाँच मन्त्री पाउने


14.3k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनबीच मन्त्रालयको भागबण्डा मिलेको छ । सत्तारुढ गठबन्धनमा सम्वद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच मन्त्रालयको संख्यात्मक भागबण्डा मिलेको हो । मन्त्रिपरिषद् विस्तार भने १३ भदौपछि मात्र हुने बताइएको छ ।

एमालेबाट विभाजित भएसँगै माधव नेपालले बुधबार नयाँ दल दर्ता गराएपछि नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा जाने बाटो खुलेको हो । गठबन्धन दलबीच भएको सहमतिअनुसार माधव नेतृत्वको एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने भएको छ ।

नेकपा एकीकृत सरकारमा सहभागी हुने भएपछि यसअघि संख्यामत्मक भागबण्डामा तलमाथि गरिएको हो । २५ सदस्यीय मन्त्रीमण्डलमा नयाँ सहमतिअनुसार काँग्रेसबाट प्रधानमन्त्रीसहित ७ जना सरकारमा सहभागी हुने अवस्था छ । यस्तै माओवादी, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ राज्यमन्त्री पाउने सहमति भएको छ ।

मन्त्रालय भागभण्डमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई प्राथमिकता दिएको एक काँग्रेस नेताले बताए । तर, अहिलेसम्म मन्त्रालयगत भागबण्डा भने मिलिसकेको छैन । काँग्रेसले गृह र माओवादीले अर्थ मन्त्रालय लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्