विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले बहुमत जोगाउने दाबी गरेका छन् । बिहीबार मुख्यमन्त्री नियुक्त भएका आचार्यले ९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको प्रष्ट बहुमत रहेको बताए ।
एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा कति सांसद जान्छन् भन्ने टुंगो नभएको बताउँदै उनले अहिले ५२ सांसद रहेको बताउँदै प्रदेशसभामा एमालेकै बहुमत कायम राख्ने दाबी गरे ।
बिहीबार मुख्यमन्त्रीको शपथ लिएपछि छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्छौं । र, आफ्नै संख्या (बहुमत) पनि पु¥याउँछौँ ।’ उनले छिट्टै मन्त्रिपरिषद विस्तार गर्नेसमेत बताए । तर, यदि ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नेछन् ।