Logo
Logo

ओलीको दक्षिणपन्थी यात्राले विद्रोह जन्मायो : नेपाल


693
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी बाटो रोजेपछि नयाँ पार्टी गठन गर्नुपरेकाे बताएका छन् ।

निर्वाचन आयोगले नेपाल नेतृत्वको पार्टीलाई आधिकारिता दिएपछि बिहीबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले ओलीले नेकपा एमालेलाई दक्षिणपन्थी भासमा फसाउँदै लैजानु, मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिनु र पार्टीका क्रान्तिकारीहरुलाई निष्कासन गर्दै लैजानुले विभाजनको अवस्थामा पुर्याएको बताएका हुन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता नेपालले भने– ‘नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता हो । केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा पारेपछि, सवै खालका मार्क्सवादी मूल्य मान्यतालाई छोडेपछि र क्रान्तिकारीलाई पार्टीबाट निष्कासन गरेपछि त्यसका विरुद्ध विद्रोह गर्ने बाहेक विकल्प भएन । पार्टी शिथिल मात्रै होइन, मृत प्रायः भयो । यो सबै अवस्था देखेपछि हामी नयाँ ढंगले जाने संकल्प गरेका हौं ।’

विश्व इतिहासमा समेत दक्षिणपन्थीहरुको ज्यादतीबाट विद्रोह हुने चलन रहेको भन्दै अध्याक्ष नेपालले आफुहरुले पनि त्यसै गरेको प्रष्टीकरण दिएका छन् । आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको भन्दै
ओलीबाट पीडित भएकाहरु आफ्नो पार्टीमा त्यस्ता कार्यकर्ता आउने क्रम जारी रहेको उनको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्