काठमाडाैं । नेपाली फुटबल टिमले साफ च्याम्पियनसिपको तयारी कतारको दोहामा गर्ने भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आग्रह र कतार फुटबल संघको सहयोगमा राष्ट्रिय फुटबल टिमले दोहामा करिव दुई साता प्रशिक्षण गर्ने भएको हो ।
दोहामा नेपाली फुटबल टिमले स्थानीय क्लवसँग मैत्रीपुर्ण खेलपनि खेल्ने बताइएको छ । जसमा लागि नेपाली टिम भदौं २५ गते दोहा प्रस्थान गर्ने भएको छ । हाल पोखरामा तयारी गरिरहेको नेपाली टिम दुई दिनपछि काठमाडौं फर्किने छ । त्यसपछि नेपाली टिमले सेप्टेम्बर दुई र पाँचमा भारतसँग दुई वटा मैत्रीपुर्ण खेल खेल्नेछ ।
सो खेलपछि पाँच दिनमा नेपाली टिम दोहाका लागि उड्नेछ । एन्फाले अब्दुल्लाहको योजना अनुसार कतार फुटबल संघसँग प्रशिक्षणका लागि आग्रह गर्दा उसले स्विकार गरेको हो ।