Logo
Logo

नेपालमा कोरोना खोपको ट्रायल गर्न मन्त्रिपरिषद्को अनुमति


945
Shares

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाविरुद्ध खोपको ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले चीनमा उत्पादन गरिएको एमआरएनए खोपलाई नेपालमा परीक्षण गर्न अनुमति दिएको नेपाल सरकारका कानुनमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिए ।

कोरोनाको खोपसँगै बैठकले हैजाविरुद्धको खोपको पनि परीक्षण गर्न अनुमति दिने निर्णय गरेको बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)का कार्यकारी प्रमुख प्रदीप ज्ञवालीका अनुसार परिषदले इथिकल स्वीकृति प्रदान गरेको चीनमा निर्मित वालभ्याक्स खोपलाई मन्त्रिपरिषदले परीक्षण गर्न अनुमति प्रदान गरेको हो ।

उनका अनुसार चिनियाँ कम्पनीले नेपालमा देउराली जनता फार्मास्यूटिकल्ससँगको सहकार्यमा खोपको परीक्षण गर्ने छ । ‘हामीले इथिकल स्वीकृति दिएपछि परीक्षणको प्रस्ताव मन्त्रिपरिषदमा लगिएको थियो । यो एमआरएनए खोप भएपनि सामान्य फ्रिजकै तापक्रममा राख्न मिल्छ’, उनले भने, ‘नेपालमा ३००० जनामा यसको परीक्षण गरिने छ । त्यसको सबै व्यवस्थापकीय काम देउराली जनताले नै हेर्ने छ ।’, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्