Logo
Logo
कांग्रेस १४ औं महाधिवेशन

आन्तरिक छलफलपछि पौडेलले देउवालाई भेट्दै


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर क्रियाशील सदस्यतामा देखिएको समस्या समाधान गर्ने भएका छन् ।

नेता मिनेन्द्र रिजालले सभापति देउवालाई वरिष्ठ नेताले भेट्ने समय लिएको जानकारी दिए ।

आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल पक्षको बैठक बसेको थियो ।

३८ जिल्लाका क्रियाशील सदस्यको नाम वेबसाइटमा राखे पनि बाँकी ३९ जिल्लाको विवरण पनि राखिनुपर्ने उनी नेता रिजालको भनाई छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले क्रियाशीलबारे टुंग्याएका विषय कार्यान्वयनमा आइसकेका छैनन् ।

उनले भने, ‘सबै समस्या समाधान गरेर अधिवेशन प्रक्रियामा सहभागी हुने बाटो खोजि गर्ने नै आजको बैठकको निष्कर्ष हो।’

आजको छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालालगायत नेता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्