Logo
Logo

आलमको मुद्धामा आज पनि भएन सुनुवाइ


1.1k
Shares

काठमाडौं । रौतहटको इँटा भट्टामा जिउँदै मान्छे जलाएर मारेको अभियोग लागेका नेपाली काँग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दामा आज पनि भएन । पटक पटक पेसी तोकेर पनि सुनुवाई हुन नसकेको सो मुद्दा शुक्रबारका लागि पेसी चढेको थियो । शुक्रबार पनि विपक्षी कानुन व्यवसायीबाट स्थगित गर्न माग भएपछि उक्त मुद्दामा सुनुवाई हुन नसकेको हो ।

सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो । आलममाथि इँटा भट्टामा जिउँदै मान्छे जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । पूर्वमन्त्री समेत रहेका आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्