Logo
Logo

एक सातापछि सवारी चालक अनुमतिपत्रको परीक्षा खुल्ने


1k
Shares

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार अब एक सातापछि परीक्षा सञ्चालन हुने छ । महामारीको जोखिम कायमै रहेकाले निश्चित मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए ।

विभागले लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८ तय गरिसकेको छ । भुसालका अनुसार परीक्षार्थीहरूलाई ट्रायल हुने समय तोकी २४ घन्टाअगाडि जानकारी गराइने विभागले जनाएको छ ।

तोकिएको समयमा उपस्थित नभए सो दिनका अन्य सिफ्टमा समेत सामेल हुन नपाउने विभागको भनाइ छ । परीक्षा सञ्चान गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थी मात्रै सामेल गराइने मापदण्डमा उल्लेख छ ।

मापदण्डअनुसार परीक्षार्थीहरुले केन्द्रमा प्रवेश गर्नुअघि मास्क, स्यानिटाइजर र पिउने पानीको व्यवस्था आफैँ गर्नुपर्नेछ। परीक्षा सुरु हुनु १५ मिनेट अगाडि मात्रै केन्द्रमा उपस्थित हुनुपर्ने छ। परीक्षार्थीहरुले केन्द्रमा प्रवेश गर्दा, सौचालय जाँदा अथवा निस्किदा भिडभाड गर्न पाइने छैन।

विभागले डेढ महिनाअघि नै परीक्षा सञ्चालन गर्ने गृहकार्य अघि बढाएको भएपनि कोरोना महामारीका कारण रोकिएको थियो । लाइसेन्सको लागि लगभग ६ लाखले आवेदन दिएको भुसालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्