Logo
Logo

आयोगले नेपाल र ठाकुरको पार्टी दर्ताको जानकारी संसद् सचिवालयलाई पठायो


693
Shares

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) दर्ता भएको जानकारी संसद् सचिवालयलाई गराएको छ ।

आयोगले माधवकुमार नेपाल अध्यक्ष रहेको एकीककृत समाजवादी पार्टी र महन्थ ठाकुर अध्यक्ष रहेको लोसपा नयाँ दल दर्ता गरेको थियो । संसद सचिवालयलाई आज दुबै दल दर्ता भएको र सांसदहरुको नामावली बारे जानकारी गराएको हो ।

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न मिल्ने अध्यादेश जारी गरेसँगै नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) विभाजित भएका थिए ।

एकीकृत समाजवादीमा एमालेका ३० सांसद् र लोसपामा जसपाका १४ सांसद्ले बुधबार आयोगमा पुगेर हस्ताक्षरसहित सनाखत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्