Logo
Logo

जिल्ला सभापतिको माग सम्बोधन गर्न पौडेलको आग्रह


1.3k
Shares

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको माग सम्बोधन गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बसेको पौडेल समूहका शीर्ष नेताहरूको बैठकले जिल्ला सभापतिहरूले उठाएका मागहरूको सम्बोधनपछि मात्रै बाँकी काम अघि बढाउनुपर्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् ।

विभिन्न तीन बुँदे माग राखेर जिल्ला सभापतिहरू बुधबारदेखि कांग्रेस मुख्यालयमा रिले अनसन बसिरहेका छन् । अनसनमा एक्यबद्धता जनाएका पौडेलले क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्न र जिल्ला सभापतिको उम्मेद्वार बन्न तोकिएको फरफरक मापदण्डलाई एक रूपता दिनुपर्ने निष्कर्ष समेत निकालेका छन् ।

नामावली सच्याउन समय दिनुपर्ने मागमा समेत पौडेल पक्षले एक्यबद्धता जनाएका छन् । यि माग सम्बोधन भए एकैपटक जिल्ला सभापति र वडाको अधिवेशन गर्न सकिने समेत पौडेलले दावी गरे ।

माग सम्बोधन नभए भदौ १८ गते ७७ वटै जिल्लामा एकैपटक वडा अधिवेशन हुन नसक्ने तर्क पौडेल पक्षको छ ।

प्रतिक्रिया दिनुहोस्