Logo
Logo

यस्ता छन् नेकपा समाजवादीको सदस्य बन्ने १४ प्रावधान


8.3k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो सदस्य बन्नको लागि प्रावधान जारी गरेको छ । नेकपा समाजवादीले कस्ता कस्ता व्यक्तिहरू पार्टीको सदस्य बन्न सक्छन् भनेर विधानमा उल्लेख गरेको हो ।

नेकपा समाजवादीो विधानको धारा ९ मा साधारण सदस्य सम्बन्धी व्यवस्था गरिएको छ । विधानअनुसार बहालवाला सरकारी कर्मचारी, शिक्षक, प्राध्यापकले सदस्यता लिन नै पाउने छैनन् ।

त्यस्तै नेकपा समाजवादीको सदस्य बन्न भ्रष्टाचार नगरेको, जबरजस्ती करणी र मानव बेचबिखनमा नमुछिएको र लागु औषध ओसारपसारजस्ता नैतिक पतन र फौजदारी कसुरमा कैदको सजाय नपाएको व्यक्ति मात्र योग्य हुनेछ ।

‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध विक्री तथा वितरण, निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको व्यक्ति हुनुपर्नेछ’, सो पार्टीको विधानमा भनिएको छ ।

यस्ता छन् १४ प्रावधान :

१. १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक ।

२. भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको ।

३. नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको ।

४. कुनै सार्वजनिक पद धारण गरेको कारणबाट संविधान तथा कानुन बमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य नरहेको ।

५. नैतिकवान् र स्वच्छ चरित्र भएको ।

६. मानसिक सन्तुलन नगुमेको ।

७. नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नभोगिरहेकोे । ८. प्रचलित कानुनले अयोग्य नभएको ।

९. पार्टीबाट सञ्चालित आन्दोलन र कार्यक्रमहरूमा सहयोगी रहेको ।

१०. पार्टीको सिद्धान्त, कार्यक्रम र नीति आत्मसाथ गरी कार्यान्वयन गर्न तत्पर ।

११. पार्टीको विधान र नियमावली मान्न तत्पर ।

१२. पार्टीको कुनै जन सङ्गठन वा संयन्त्रमा सङ्गठित भई जिम्मेवारी पूरा गर्न तत्पर ।

१३. उत्पादनमूलक श्रममा संलग्न हुन र सामाजिक आर्थिक रूपान्तरणमा क्रियाशील हुन तत्पर ।

१४. समाजमा रहेका अवैज्ञानिक धारणा तथा अन्धविश्वासबाट सिर्जित समस्या हटाउनका लागि क्रियाशील हुन तत्पर रहेको ।

प्रतिक्रिया दिनुहोस्