काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषदलाई पूर्णता दिन सहमति भएको छ । शनिबार प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सहमति भएको हो ।
करिब एक घण्टा भेटवार्तामा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो छलफलमा गठबन्धन सरकार गठन भएको लामो समय भएको अवस्थामा दुवै नेताबीच चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे विस्तृतरुपमा छलफल भएको बताइएको छ । उक्त सहमतिअनुसार केही दिनभित्रै गठबन्धन सरकारले पूर्णता पाउने भएको छ ।