काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सुरुमै भने, ‘सुन्दैछु ६ जनाले मन्त्री खाँदैछन् रे । माधव नेपालले हिजो प्रधानमन्त्री खान राजाको पाउमा दाम चढाउनुभयो, अहिले मन्त्री खानका लागि शेरबहादुर देउवाको पाउमा आफ्ना सांसद चढाउँदै हुनुहुन्छ ।’
शनिबार युथ फोर्सले ललितपुरको लुभुमा आयोजना गरेको कार्यक्रममा नेता बस्नेले माधव नेपालप्रति यस्तो टिप्पणी गरेका हुन् । नेता नेपालको कडा आलोचना गर्दै पार्टी फुटाएको आरोप लगाए ।
माधव नेपालले आफू नेतृृत्वमा हुँदा एमालेलाई ३३ सिटमा झारेको र माओवादीमा बिलय गराउन खोजेको समेत नेता बस्नेतले आरोप लगाए । उनले भने, ‘माधव नेपालले झलनाथ खनालको साथ लिएर पार्टीलाई माओवादीमा विलय गराउन खोजेका थिए । त्यतिबेला केपी ओलीले रोक्नुभयो ।’