Logo
Logo

केपी ओलीले ठगी धन्दा चलाए : प्रचण्ड


2.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको नाममा ठगी धन्दा चलाएको आरोप लगाएका छन् ।

माओवादी निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एक हुँदा विविभन्न वहानामा ओलीले ठगी धन्दा चलाएको आरोप लगाएका हुन् ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘माओवादी जनयुद्धले नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा मुख्य भूमिका खेलेको हो भन्ने कुरामा केपीले सही गरे । नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायमा राजनीतिक जागणर ल्याउनमा माओवादी आन्दोलनले भूमिका खेलेको छ भन्नेमा सही गरे ।

अध्यक्ष पालो–पालो, प्रधानमन्त्री पालो–पालो भन्नेमा पनि सही गरेका थिए । तर, त्यो त ओलीले प्रधानमन्त्री पाउनका लागि ठगी धन्दा चलाएका रहेछन् । तमसुकमा सही गरेपछि त होला नि भन्ने लागेको थियो । तमसुक हेरेर बसिएको थियो उनले प्रधानमन्त्री पड्काए । त्यो गठी धन्दा रहेछ ।’

प्रधानमन्त्री हुँदा ओलीले ‘भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भनेर उल्टै भ्रष्टाचारराई प्रसय दिने काम गरेको समेत अध्यक्ष प्रचण्डले आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले भने– ‘ओलीले भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भनेर प्रचष्टाचार गरे । प्रचष्टाचार गर्नेहरुलाई प्रसय दिने काम गरे । पछि थाहा भयो, ‘भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्नुको मतलत भ्रष्टाचारलाई छोप्ले, लेवल लगाउने काम पो गरेका रहेछन् ।’

ओली प्रवृत्तिका कारण कम्युनिष्ट आन्दोलनमा ठूलो धक्का लागेको भन्दै अध्यक्ष प्रचण्डले त्यसका विरुद्ध संघर्ष जारी नै रहेको धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्