Logo
Logo

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता


2k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच अहिले बालुवाटारमा मन्त्रिपरिषद विस्तारबारे छलफल भइरहेको छ । एकीकृत समाजावादीका अध्यक्ष नेपालले सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने बताइसकेका छन् ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच हिजो (शनिबार) पनि मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो । करिब डेढ घण्टा भएको छलफलमा मन्त्रिपरिषदलाई चाँडै पूर्णता दिने सहमति भएको थियो ।

देउवा नेतृत्वको सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता नपाउँदा सरकारको आलोचना पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्