काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्दैछ । आज बिहान ११ बजेका बैठक बोलाइएको नेकपा एकीकृतका नेता प्रेम आलेले जानकारी दिए ।
बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको भने प्रमुख सचेतक समेत बैठकले चयन गर्दैछ । बैठकले पार्टी अध्यक्ष माधव नेपाललाई दलको नेता चयन गर्दैछ ।
सरकारमा सहभागी हुनुपूर्व दलले संसदीय दलको नेता चयन गर्न लागेको हो । आज बस्ने बैठकले सरकारमा को कसलाई पठाउनेबारे समेत छलफल हुने एक नेताले बताइ । यसअघि नै नेकपा एकीकृत समाजवादीले सरकारमा जाने घोषणा गरिसकेको छ ।
यता, प्रधानमन्त्री शेरबहादुर देउवाले माधव पक्षलाई सरकारमा सहभागी गराएर मात्र मन्त्रिपरिषदकालाई पूर्णता दिने भएका छन् । माधव पक्षलाई पर्खँदा सरकार गठन भएको दुई महिना बित्नै लाग्दा समेत मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । तर, एमालेबाट विभाजित भइ औपचारिक रुपमा दल दर्ता भइसकेपछि माधव नेतृत्वको नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारमा सहभागी हुन लागेको हो ।