काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी)का बरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्किने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनाल गत गत २ असारमा उपचारका लागि भारतको नयाँदिल्ली गएका थिए । उनी करिब दुई महिनाको उपचारपछि फर्कन लागेका हुन् ।
उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार नेता खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि फर्कन लालेका हुन् । नेता खनालको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनले नयाँदिल्लीबाटै माधव पक्षलाई समर्थन जनाएका थिए ।
नेता खनालले नयाँदिल्लीबाटै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा राजदूतावासमार्फत् सनाखत गरेका थिए । केपी ओलीमा कम्युनिष्ट सिद्धान्त र विचार नभएकाले आफू ओलीको पार्टीमा बस्न नसक्ने बताउँदै नेकपा एकीकृत समाजवादीमा लागेका हुन् ।