Logo
Logo

विप्लवमाथि सरकारसँग वार्ता गर्न पार्टी भित्रैवाट ‘दबाब’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं , ८ वैशाख ।

नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई दलभित्रैबाट सरकारसँग वार्ता गर्न दबाब परेको छ । पोलिब्युरो सदस्य तथा पूर्व कमाण्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्युरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न दबाब दिएका हुन् ।

महासचिव विप्लव भने तत्काल सरकारसँग वार्ता गर्ने पक्षमा छैनन् । उद्यपि उनी सरकारको नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग प्रत्यक्ष अप्रत्यक्ष सम्पर्कमा छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छापिएको छ ।

नेताहरुको वार्ताका लागि तयार नदेखिए सरकारसँग वार्ताको पहल थाल्ने चेतावनीसमेत महासचिव विप्लवलाई दिएको पाटीए निकट स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्